spot_img
spot_img
spot_img

 अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान दिन अस्वीकार

spot_img

एजेन्सी//

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ -१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले अस्वीकार गरेका हुन। बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई सबै सहयोग दिने घोषणा गरे पनि आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेको जनाएको छ।

एक दिनअघि मात्र जर्मनीले युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो । रुससँग जारी युद्धमा युक्रेनले आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको यसअघि नै बताइसकेको छ । एफ–१६ संसारका सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img