spot_img
spot_img
spot_img

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

spot_img

१९ माघ, काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन। कैलाली– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेका हुन । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको अभियोगमा अदालतले यसअघि गरेको फैसला कार्यान्वयनको लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीलाई १० वर्षअघि ट्र्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालतले छ महिना कैद र आठ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले चौधरीलाई भाेलि शुक्रवार धनगढी जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको बताउनुभयाे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img