spot_img
spot_img
spot_img

बागलुङको भानु माविलाई डेढ करोड बढीको आर्थीक सहयोग

spot_img

कौरब खत्री, गुल्मी//

बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग थपिदै गएको छ । बडिगाड गाँउपालिका ५ ग्वालिचौर टारी स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुबाट विद्यालयलाई करिव १ करोड, ५० लाख भन्दा बढीको चन्दा संकलन भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव खरेलले जानकारी दिनुभयो ।
विद्यालय स्थापना भएको ६०औं बर्ष पुरा गरेको अवसरमा “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार” भन्ने मुल नारा सहित यहि माघ २२–२८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो । विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा,निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्यका साथ हिरक महोत्सव गर्ने लागिएको हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

साथै हिरक महोत्सवको अवसरमा विद्यालयका संस्थापक,शैक्षिक, आर्थिक,भौतिक तथा व्यवस्थापकीय पक्षमा सहयोग पुर्‍याउनु हुने व्यक्ति एंव पूर्व प्रधानाध्यापक,शिक्षक, कर्मचारी,पूर्व विद्यालय व्यवस्थापान समिति,शिक्षक अभिभावक संघका पदाधिकारी लगायतलाई सम्मान गरिने र महोत्सवमा शैक्षिक,खेलकुद तथा साँस्कृतिक कार्यक्रम,हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो । २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img