spot_img
spot_img
spot_img

करिब ४० देशले ओलम्पिक बहिस्कार गर्न सक्ने पोल्यान्डका खेलकुद मन्त्रीको चेतावनी

spot_img

एजेन्सी//

पोल्यान्डका खेलकुद तथा पर्यटन मन्त्रीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिक गेम्स बहिस्कार गर्न सक्ने चेतावनी दिएका छन् । इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले रूस र बेलारुसका खेलाडीलाई सहभागिता गराउने विभिन्न उपायहरू खोज्दै गरेको बताएपछि पोल्यान्डका खेलकुद तथा पर्यटन मन्त्री कमिल बोर्टनिक्जुकले करिब ४० देशले ओलम्पिक बहिस्कार गर्न सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

रूस र बेलारुसका खेलाडीलाई सहभागी गराउने आईओसीको योजनालाई पोल्यान्ड, लिथुनिया, इस्टोनिया र लाटभियाले संयुक्त रुपमा अस्वीकार गरेपछि बोर्टनिक्जुकको यस्तो भनाइ सार्वजनिक भएको हो। रुस र बेलारुसका खेलाडीलाई सहभागी गराए पेरिस ओलम्पिक बहिस्कार गर्ने युक्रेनले यसअघि नै चेतावनी दिइसकेको छ। तर आईओसीले भने रुस र बेलारुसलाई खेल्न रोके केवल खेलाडीहरुलाई सजाय दिएझै हुने जिकिर गर्दै आएको छ।

बोर्टनिक्जुकले बेलायत, अमेरिका र क्यानाडासम्मिलित ४० देश मिलेर आईओसीलाई सो निर्णय लिनबाट रोक्न संयक्त रुपमा अघि बढ्नुपर्ने बताए। ‘हामीले ओलम्पिक अघि कडा निर्णयहरूको सामना गर्नेछौं र यदि हामीले खेल बहिष्कार गर्ने हो भने ओलम्पिकलाई व्यर्थ बनाउन पर्याप्त हुनेछ’, उनले भने। आईओसीको निर्णयमा बेलायत सरकारले यो योजना युद्धको वास्तविकताबाट टाढाको संसार भएको प्रतिक्रिया दिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img