spot_img
spot_img
spot_img

रुपन्देहीको देवदहमा मेलमिलापकर्ताहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदहमा मेलमिलापकर्ताहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। देवदह नगरपालिका, न्यायिक समितिको आयोजनामा देवदहमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय उद्यानमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

देवदह नगरपालिका न्यायिक समितिका संयोजक तथा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता र नगर प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले न्याय सम्पादनमा हुने समस्यालाई पहिचान गरी समाधान गर्ने गरी लाग्नु पर्नेमा जोड दिएका थिए। उनीहरुले मेलमिलापकर्ताहरुको श्रमता अभिबृद्धि गर्नको लागि नगरपालिकाले बेला बेलामा तालिमको आयोजना गर्न आवश्यक रहेको बताएका थिए। कार्यक्रमका वक्ताहरुले जनचेतनाको कमीका कारण मेलमिलापमा भन्दा प्रहरी प्रशासनमा मुद्दा जाने गरेको बताएका थिए। उनीहरुले आमनागरिकलाई न्याय सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको औल्याएका थिए । उनीहरुले मेलमिलापकर्ताहरुले दिएको सुझावहरु नगरपालिकाले कार्यान्वयन गर्न नसक्दा न्याय सम्पादनमा समस्या हुने गरेको बताएका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले समाजमा हुने विभिन्न झै–झगडाहरु मेलमिलापको माध्यमबाट निरुपण गर्नुपर्नेमा जोड दिनु भएको थियो। उहाँले न्याय सम्पादन गर्दा हुने कमीकमजोरीलाई सुध्रार्दै अगाडि बढनु पर्नेमा जोड दिनु भयो। प्रमुख खरेलले क्षेत्राधिकार भित्र रहेर न्याय सम्पादन गर्न आग्रह गर्नु भएको थियो।

कार्यक्रममा अजय रौनियार, नविन गैरे, माधव रिमाल, प्रजापति सापकोटा, छाोडाप्रसाद चापागाई, रामचन्द्र पौडेल, डिल्लीराज मरासिनी लगायतले आआफना सुझावहरु राख्नु भएको थियो। सोही अवसरमा मेलमिलापकर्ताहरुलाई झोला समेत वितरण गरिएको थियो।

न्याय समितिका सदस्य देवीप्रसाद न्यौपानेको स्वागत र मिना भूषालकोाम संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img