दाङ //
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अबको पाँच वर्षभित्र लुम्बिनी प्रदेश समृद्ध राजधानी बनाउने बताउनुभएको छ। लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै आज मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशलाई पाँच वर्षभित्र समृद्ध राजधानीका रुपमा प्रदेशबासीलाई हस्तान्तरण गरिने बताउनुभएको हो ।
उहाँले मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको समेत उल्लेख गर्नुभयो । चुनौति रहदारहदै पनि सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्ने र समृद्ध प्रदेश निर्माण गर्ने उहाँको भनाई थियो । यस्तै मुख्यमन्त्री गिरीले संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै नागरिकलाई संघीयताको व्यावहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्ने बताउनुभयो ।