काठमाण्डौ //
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध भएको छ । क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टुअन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो । क्रिकेटर लामिछाने शुक्रबारबाट नियमित अभ्यासमा छन। यता आज दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट संघ क्यानविरुद्ध प्रदर्शन भएको हो ।
अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने उनलाई क्रिकेट खेल्न रोक लगाइएको छैन । प्रदर्शनमा अभियुक्त रमाउँदै, पीडित डराउँदै, मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन, उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ? क्यानका लठुवाहरुको बेइमानी, अभियुक्तहरुको जमानी लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।