spot_img
spot_img
spot_img

लुम्बिनीमा हुने रामकथा प्रवचनबारे आदीवासी जनजाती महासंघको प्रेस विज्ञप्ती

spot_img

कञ्चन//
नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद रुपन्देहीले लुम्बिनीमा रहेको सभाहलमा प्रवचन हुने ‘रामकथा प्रबचन’ कार्यक्रमप्रति ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ। विश्व सम्पदा सूचिमा सूचिकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनी परिसरभित्र हिन्दू धर्म प्रचार गर्ने उद्देश्यका साथ यहि माघ २१ गतेदेखि २९ गतेसम्म भारतीय हिन्दू धर्मगुरु मोरारी बापुद्वारा लुम्बिनीमा रहेको सभाहलमा प्रवचन हुने रामकथा प्रबचन कार्यक्रमप्रति ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।

महासंघका अध्यक्ष चित्र तुलाचन र सचिव प्रेम बहादुर कनौजे मगरद्वारा हस्ताक्ष्रित प्रेस विज्ञप्तीमा विश्व सम्पदा सूचिमा सूचिकृत भगवान बुद्धको पवित्र जन्म स्थलमा लुम्बिनी गैहू बौद्ध धर्मालम्बी कार्य संचालन गर्दा ऐतिहासिक भूगोलको अपमान हुनुका साथै समाजमा असन्टुष्टी श्रृजना हुने र धार्मिक दंगा निम्तिन सक्ने खतरा हुने उल्लेख गरिएको छ । “धार्मिक तथा सांस्कृतिक आक्रमणको माध्यमबाट नेपाली सार्वभौम सत्ता माथि नै हस्तक्षेप गर्ने विस्तारवादी र प्रभुत्ववादी अहमताको घोर विरोध गर्दै संवैधानिक रूपमा धर्म निरपेक्षता कायम भइसकेको अवस्थामा जनबलबाट प्राप्त उपलब्धीलाई छिन्नभिन्न पार्ने कुटिल चाल भएको प्रति महासंघको गम्भिर ध्यानाकर्षण सहित उक्त कार्यको घोर विरोेद गर्दछौ” विज्ञप्तीमा भनिएको छ।

यसैगरी सो प्रेस विज्ञप्तीमा विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीमा गैर बैद्ध संघसंस्था र व्यक्तिबाट नेपाल सरकार, लुम्बिनी विकास कोष र धार्मिक सद्भाव चाहाने शान्तिप्रेमी नेपाली र बौद्धमार्गीहरू माथि जबरजस्ती गर्ने अभिष्ट राखेको प्रतित भइरहेकोले उक्त कार्यको महासंघको आपत्ती रहेको र कुनै पनि धर्मावलम्बीहरूको आस्था क्षेत्रभित्र भिन्न धर्ममा आस्था हुनेहरूको कार्यक्रम तय गरिनु गलत भएको ठहर गर्दै रामकथा प्रवचन कार्यक्रम अविलम्ब रोक्न महासंघले माग गरेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img