देवदह //रुपन्देहीको देवदहमा सोइया महिला स्वावलम्बी संस्थाद्वारा भूमिहीन महिलाहरुको लागि वकालत, भूमि अधिकार र जीविकोपार्जन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले यस संस्थाले देवदहको विकासका लागि कहिबाट दाता खोजेर समाज परिवर्तनमा लागेको हुदा नगरपालिका तथा जनप्रतिनिधिले यस्ता गैरनाफामुलक संस्थाहरूलाई ध्यान दिन आग्रह गर्नुभयो। उहाले संस्थाले गर्ने हरेक कार्यमा आफुले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो।
देवदह नगरपालिका नगर प्रमुख धुर्व खरेलले कति पए गैरनाफामुलक संस्थाहरुले आफ्नो उदेश्य एकातिर काम अर्को तिर गरि रहेको छन् तर यस संस्थाले देवदहमा अत्यन्तै महत्त्वपूर्ण कामहरु गर्दै आईरहेको बताउनुभयो। उहाले देवदह नगरपालिकाले विभिन्न लक्षित समूह अन्तर्गत कामहरू चलाइरहेको बताउदै आउने दिन यस संस्थासंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा भूमिहीन महिलाहरुको लागि वकालत, भूमि अधिकार र जीविकोपार्जन परियोजना संयोजक सरिता सापकोटाले भूमि तथा कृषि क्षेत्रमा गएको बर्ष र यो आर्थिक बर्षमा गर्ने कार्यक्रहरुको जानकारी दिनुभएको थियो। देवदह नगरपालिकाका सबै वडाहरुमा रहेका सिमान्तकृत वर्गका जग्गा अत्यन्तै कम भएका सुकुम्बासी वर्गका जग्गा अत्यन्तै कम भएका १११५ जना महिलाहरुलाई स्वास्थ्य, अर्गानिक कृषि, पारिवारिक अर्थतन्त्रको बारेमा बढ्दो ज्ञानसंगै भूमि र सार्वजनिक सेवाहरुको अधिकारका वकालत गर्दै जीवनयापनमा सुधार गर्ने उद्देश्य सहित यो परियोजना चलाइएको परियोजना संयोजक उहाले बताउनुभयो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज गोबिन्द प्रसाद रेग्मी, देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन जिसी लगाएतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो।
संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख रामकृपा धोबि, देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, देवदह नगरपालिका नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, देवदह नगरपालिका वडा न, वडा मं ८ का वडा अध्यक्ष हरि पाण्डे, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी , वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं १ का वडा अध्यक्ष दिपक प्रसाद नेपाल, वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकोटी, वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थपा, देवदह नगरपालिकाको कार्यपालिका सदस्यहरु शान्ता भट्टराई, गिता भण्डारी, लक्ष्मी बि.क, सीता भण्डारी लगाएत अन्य जनप्रतिनिधिहरु, देवदह नगरपालिकाको सर्वेक्षक रोशनी थपलिया, महिला अधिकारकर्मी रिमा वि.सी, वडा सचिबहरु, विभिन्न टोल विकास समितिका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाको कर्मचारी हरी केसीको स्वागत, व्यवस्थापक मेनुका न्यौपानेको धन्यवाद ज्ञापन र एलिना हमालको सञ्चालनमा भएको थियो।