spot_img
spot_img
spot_img

बुटवलका सत्र जनालाई स्वास्थ्य सेवामा सत प्रतिशत छुट

spot_img

बुटवल// 

बुटवल उपमहानगरपालिका वडानम्बर सात हिलपार्कमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पुगेका १७ जना विरामीले एक वर्षका लागि स्वास्थ्य परिक्षणमा सत प्रतिशत छुट पाउने भएका छन्। दिपनगर हिलपार्कमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका साढे तीनसय मध्यका १७ जना विपन्न तथा गरिव परिवारका सदस्यले सत प्रतिशतको अवसर पाउने भएका हुन् । लायन्स क्लव अफ बुटवल मणि उजेशले बुटवल उपमहानगरपालिका वडा नम्बर ७ सँगको समन्वयमा गरेको स्वास्थ्य शिविरमा सहभागि भएका १७ जनाले एक वर्षसम्मको सम्पुर्ण स्वास्थ्य परीक्षणमा सत प्रतिशत छुट पाउने भएका हुन् ।

बुटवल सातका १७ टोलका एक–एकजनाको प्रतिनिधीत्व हुने गरी मुट, पिसाव, दाँत, मधुमेह, प्रेसर लगायतका रोग सम्वन्धि चिकित्सकीय परीक्षण, उपाचार, र औषधीमा एक वर्षका लागि सत प्रतिशत छुट पाउने भएको मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो । सोमबार हिलपार्कमा भएको शिविरमा स्वास्थ्य परिक्षण गराएको ओपिडी कार्डका आधारमा १७ जनाले सत प्रतिशत र अन्यले २० प्रतिशत छुट पाउने भएका हन् । शिविरमा साढे तीनसय बढीले मुट, पिसाव, दाँत, मधुमेह, प्रेसर लगायतको परिक्षण गराएका थिए ।

शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले समय समयमा विभिन्न स्थानमा गरिने निःशुल्क स्वास्थ्य शिविरले सबैवर्गका ब्यक्तिले स्वास्थ्य सेवा पाउने भएकाले आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्यसेवालाई नगरका सबै नागरिकमा पुर्याउने अभियानमा लायन्स क्लवले सहयोग गरेको उल्लेख गर्दै भविष्यमा गरिने स्वास्थ्य सम्वन्धि गतिविधिमा सहकार्य गर्ने बताउनुभयो । मणि उजेशका सचिव पुष्पा कंडेलेको संचालनमा भएको कार्यक्रममा बुटवल ७ का वडाध्यक्ष पदम राज गाहा, लायन्सका फष्ट भिडिजी पुरुषोत्तम प्रधानाङ, लियो क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष दर्पण घिमिरे लगायतले आआफ्ना भनाई राख्नु भएको थियो।

निःशुल्क औषधी समेत वितरण गरिएको शिविरमा कार्डियोलोजिष्ट डा.अर्जुन बुढाथोकी, युरोलोजिष्ट डा। प्रेमराज सिग्देल, डेन्टिस डा। शंकर वज्राचार्य लगायतले विरामीको स्वास्थ्य परिक्षण गरिएको क्लवका सदस्य तथा कार्यक्रम संयोजक सञ्जीवना आचार्यले जानकारी दिनुभयो । शिविरमा औषधी तथा प्राविधिक सहयोग बुटवलको विजया फार्माले गरेको थियो भने शिविरमा पुगेका सबै विरामीका लागि एक वर्षसम्मको स्वास्थ्य छुटको ब्यवस्था पनि विजया फार्माले नै गरेको कार्यक्रम संयोजक आचार्यले बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img