२३ माघ, बुटवल ।
बुद्ध जन्मस्थलमा लुम्बिनीमा भोलिदेखि हुने राम कथा प्रवचन कार्यक्रमका लागि भारतका प्रख्यात रामकथा वाचक मोरारी बापू रुपन्देही आउनुभएको छ । आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, वसिउद्धीन खान लगायतले स्वागत गर्नुभएको थियो । राम कथा प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको छ ।
श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभा हलमा राम कथा प्रवचन हुनेभएको छ । माघ २१ गतेदेखि हुने भनिए तापनि प्राविधिक कारणले तीन दिन सरेको कार्यक्रम संयोजक राजेश कुमार अग्रवालले जानकारी दिनुभएको छ ।