spot_img
spot_img
spot_img

मणिमुकुन्द रनिङशिल्ड भलिबलको उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी

spot_img

बुटवल//

मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा आजदेखि आठौं रनिङ शिल्ड भलिबल कप सुरु भएको छ । आज भएको उद्घाटन खेलमा पर्वत जिल्ला भलिबल संघले विजयी सुरुवात गरेको छ । पर्वतले रुपन्देहीलाई ३-० को सोझो सेटमा जित हाँसिल गरेको हो । यसैगरी आज नै भएको दोस्रो खेलमा जिल्ला भलिबल संघ नवलपुर विजयी भएको छ । नवलपुरले जिल्ला भलिबल संघ म्याग्दीलाई ३-० को सोझो सेटमा पराजित गर्दै बिजयी बेनेको हो । प्रतियोगितामा पर्वतका विष्णु क्षेत्री र नवलपुरका सन्तोष राना मगर म्यान अफ दी म्याच घोषित भएका छन ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकूदको विकासका आवश्यक भौतिक पूर्वाधार निर्माण तथा अन्य आर्थिक सहयोगका लागि तयार रहेको बताउनुभएको थियो । जिल्ला खेलकूद विकास परिषद रुपन्देहीका हरी क्षेत्री, मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, संस्थापक सुरेन्द्र गुरुङ लगायतले बोल्दै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे । क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीको अध्यक्षमा भएका कार्यक्रमको सञ्चालन सचिव कासिराज गौतमले गरेका थिए ।

क्लबको खेल मैदान तिलोत्तमा २ मा जारी प्रतियोगिताको विजेताले रनिङशिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । प्रतियोगितामा विभिन्न प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार ४ वटा खेल हुने भएका छन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img