काठमाडौं //
झापाका कृषकले उचित मूल्य नपाएको भन्दै सडकमा अण्डा र कुखुरा फालेका छन् । आफ्ना उत्पादनले उचित मूल्य र बजार पाउनु पर्ने माग राख्दै उनीहरुले अण्डा र कुखुरा बिर्तामोडको मुक्तिचोकमा फालेर सरकारको ध्यानाकर्षण गराएको बताएका छन। सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र कृषक मर्ने स्थिति आएको उनीहरुको गुनासो छ । यसअघि चितवनका किसानहरुले पनि तरकारीको उचित मुल्य नपाएको भन्दै आफैले उत्पादन गरेका तरकारी सडकमा फ्याकेर प्रदर्शन गरेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??