spot_img
spot_img
spot_img

दाङ–काठमाण्डौ सुतेरै यात्रा गर्न सकिने सुविधायुक्त बस सञ्चालनमा

spot_img

दाङ ।

दाङ–काठमाण्डौ सुतेरै यात्रा गर्न सकिने सुविधासहितको बस सञ्चालनमा आएको छ । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाण्डौ रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालनमा आएको हो । त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर दाङले पहिलो पटक यस्तो बस सञ्चालनमा ल्याएको हो । भारतबाट ल्याइएका यी बस आजदेखि नियमित रुपमा चल्ने प्रालिले जनाएको छ।
दाङदेखि काठमाण्डौसम्म आरामदायी यात्रा गर्न सुत्न मिल्ने ८ वटा र ३२ वटा बसेर यात्रा गर्न मिल्ने गरी ४० वटा सिट रहेको अध्यक्ष सुरेश हमालले बताउनुभयो । दाङदेखि काठमाण्डौसम्म सिटमा बसेर यात्रा गर्नका लागि यात्रुले १ हजार ८ सय रुपैयाँ र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैयाँ भाडा तिनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले यस्ता सुविधा भएका चार वटा बस ल्याइएको छ । दुई वटा बस दाङ–काठमाण्डौ तथा दुई वटा बस दाङ र भारतको दिल्ली चल्ने छन् । यस्तो सुविधा भएको एउटा बसको मूल्य ८० लाख रुपैयाँ भन्दा धेरै परेको राप्ती यातयात प्रालिले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img