spot_img
spot_img
spot_img

कवाडी कर संकलनको विरोध गर्दै नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी आन्दोलनमा

spot_img

भैरहवा ।

करको विरोध गर्दै नेपाल पुनः प्रयोगयोग्य वस्तु व्यवसायी संघ आन्दोलनमा उत्रिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कवाडी वस्तुमा लगाएको करको बिोध गर्दै संघले भैरहवाको बुद्धचोकबाट र्‍यालीसहित सिद्धार्थनगर नगरपालिका परिसरमा पुगेर नाराबाजी गर्दै धर्नामा बसेका छन् ।
नगरपालिकाले आफूहरुसँग कुनै पनि समन्वय नगरी एकलौटी ढंगले कवाडजन्य व्यवसायमा कर लगाउने टेण्डर आव्हान गर्दै कर लगाएपछि आफूहरु आन्दोलित हुनुपरेको संघका अध्यक्ष भगवती जयसवालले बताउनुभएको छ । नगरपालिकामा व्यवसाय गरेवापतको कर बुझाउँदै आइरहेको बेला कवाडजन्य वस्तुमा पुनः कर लगाएर आफूहरुमाथि थप समस्या निम्त्याएको संघका कोषाध्यक्ष तथा राहुल स्टील एण्ड हार्डवेयर सप्लायर्सका प्रोप्राईटर रामभरोश शाहले बताउनुभएको छ ।
नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सिद्धार्थनगर नगरपालिकाको आर्थिक ऐन २०७९ अनुसार कवाडी कर संकलन गर्न ठेक्का लगाउने नीति लिएको बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कवाडीजन्य व्यवसायलाई व्यवस्थित गर्नका लागि कर लगाएको बताउनुभयो । नगरपालिकाले सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र संकलन हुने कवाडजन्य सामग्रीमा आर्थिक ऐन २०७९ मा तोकिएको दररेट तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ अनुसार कवाडी सामग्री संकलन तथा व्यवसायिक उपयोग गरेवापत फर्म तथा संस्थाहरुसंग कवाडी कर संकलन गर्ने गरी नगरसभाबाट पारित गरेको जनाएको छ । नगरपालिकाले एस।एस ईन्टरप्राईजेज ओमसतिया–२ सँग कवाडी कर संकलन गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img