२७ माघ, देवदह ।
देवदह नगरपालिकाका जनप्रतिनिधि र सञ्चारकर्मीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सञ्चारकर्मीको टोली विजयी भएको छ । रुपन्देहीको देवदहमा नेपाल निजामति कर्मचारी संगठन देवदह नगर इकाई समितिद्धारा आयोजित खेलमा सञ्चारकर्मीले जनप्रतिनिधिलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएका हुन ।
खेलमा सञ्चारकर्मीका खेलाडी सुरज भट्टराईले २ गोल, मिना रानाले २ गोल र रेशम अधिकारीले १ गोल गर्दै टिमलाई विजयी बनाएका थिए । देवदह नगरपालिकाका जनप्रतिनिधि टोलीका तुलबहादुर चौधरीले एक गोल फर्काएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??