spot_img
spot_img
spot_img

रोहिणीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाको स्वास्थ्य परिक्षण

spot_img

रोहिणी ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । गाँउपालिकाको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । रोहिणी गाउँपालिका वडा नम्बर ५ पिपरहवा माध्यमिक विद्यालयमा भएको शिविरमा ७६५ जनाको स्वास्थ्य परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेजकुमार केसीले जानकारी दिनुभएको छ । शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि गाउँपालिकाले युसीएमएमसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।

शिविरमा विशेषज्ञ चिकित्सकसहितको टीमबाट सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, बालरोग, महिला तथा प्रसुती सम्बन्धी रोग, छाला रोग, नाक, कान, घाँटी, मुटुरोग, दाँत तथा गिजासम्बन्धि परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले बताउनुभयो । त्यस्तै शिविरमा रगत परीक्षण, मुटुको ईसीजी तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको केसीले जानकारी दिनुभएको छ । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका रोहिणी–४ का उदयराज अहिरले स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विभिन्न रोगबाट ग्रसित नागरिकलाई उपचारका लागि शिविरले सहज बनाएको बताउनुभएको छ ।

उहाले रोहिणी–६ मा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गर्न लागेको जानकारी दिनुभयो । रोहिणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीको स्वागत तथा पिपरहवा माविका शिक्षक राधेश हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img