देवदह। देवदह ईङ्लिस बोर्डिङ्ग हाई स्कुलले २७ औं वार्षिकोत्सव संगै रजत महोत्सव मनाउने भएको छ। विद्यालयले ७७ सालमै रजत महोत्सव मनाउनु पर्ने भएपनि कोरोनाका कारणा मनााउन नपाईएकोले यस बर्ष रजत महोत्सव संगै बार्षिकोत्सव मनाउन लागिएको विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो।
पत्रकार सम्मेनलमा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल विष्णुप्रसाद पौडेलले बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो। प्रिन्सिपल पौडेलले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको विद्यालयको बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा सरसफाई, पुर्व विद्यार्थी, पुर्व शिक्षक पुर्नमिलन, देवदह नगर स्तरीय छात्र भलिवल, स्वास्थ्य शिविरका कार्यक्रम आयोजना गरेको बताउनु भयो।
वार्षिकोत्सवको अवसरमा फागुन ६ गते सरसफाई तथता डस्टविन वितरण कार्यक्रम राखिएकोम उहाले जानकारी दिनु भयो। यसैगरी फागुन ७ गते पुर्व विद्यार्थी र पुर्व शिक्षकहरु वीच पुर्नमिलन कार्यक्रमको आयोजना गरेको बताउनु भयो। विद्यालयको रजत महोत्सवको अवसरमा पुर्व विद्यार्थीहरुलाई सम्मान सहित पुर्नमिलन कार्यक्रम गरिएको उहाले जानकारी दिनु भयो। त्यसैगरी रजत महोत्सवको अवसरमा देवदह नगरस्तरीय माध्यमिक विद्यालय तह स्तरीय छात्र भलिवल प्रतियोगिताको आयोजना गरेको प्रिन्सिपल पौडेलले जानकारी दिनु भयो।
त्यसैगरी फागुन १० गते अभिभावकहरु वीच विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिएको र सोही दिन स्वास्थ्य शिविर समेत रहेको बताउनु भयो। स्वास्थ्य शिविरमा दन्त र मधुमेह परिक्षण गरिने पौडेलले बताउनु भयो। फागुन ११ गते विभिन्ँन खेलकुद तथा शैक्षिक पुरस्कार वितरण गरिने जानकारी दिदै विगत २ बर्ष कोडिभका कारण पुरस्कार वितरण गर्न नसकिएको जानकारी दिनु भयो। फागुन १२ गते विद्यालयको २७ औं बार्षिकोत्सव तथा रजत महोत्सवको मूल कार्यक्रम रहेको प्रिन्सिपल पौडेलले जानकारी दिनु भयो। विद्यालयका कार्यवहाक प्रिन्सिपल मनबहादुर क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।