एजेन्सी ।
गत सोमबार टर्कीमा भूकम्प गएपछि लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न भएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको हो । भूकम्पका कारण विस्थापितहरु थप मारमा परेकै बेला लुटपाटको घटना बढ्दा भूकम्प पीडितहरु थप मारमा परेका छन्।
लुटपाटका घटना बढ्न थालेपछि टर्की सरकारले अनुसन्धानका लागि एक कमिटी गठन गरेको छ। कमिटीको अनुसन्धानपछि ८ वटा अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको हो । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिनुभएको थियो । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा ३ महिनासम्मका लागि संकटकाल घोषणा गरिसक्नु भएको छ ।