spot_img
spot_img
spot_img

कञ्चनमा भएको चक्काजाम खुल्यो

spot_img

कञ्चन ।
दुर्घटनामा परी सख्त घाइते भएका अटो व्यवसायी नरबहादुर श्रीसको उपचार खर्च नपाएको भन्दै कञ्चनमा गरिएको चक्काजाम खुलेको छ। गत माघ १० गते जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं ४ स्ति म्याग्दीचोकमा माइक्रोवस, अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा अटो चालक नरबहादुर श्रीसको दाहिने खुट्टा, दाहिने हात, नाक, मुख र दाहिने आँखामा गम्भिर चोट दागेको थियो।
पिडित पक्ष र बुटवल यातायात प्रा।लि। बिच भएको छलफलमा घाइते श्रीसको उपचार गर्दा भएको खर्चको ७० प्रतिशत प्रा।लि।ले र बाँकी ३० प्रतिशत बस व्यवसायी, अटो चालकहरुले चन्दा संकलन गरी खर्च ब्यहोर्ने गरी चक्काजाम खुलाइएको हो। घाइते श्रीसको ग्राण्डी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ। हाल सम्म उनको उपचार गर्दा करिब १५ लाख रुपैया खर्च भइसकेको पिडितका आफन्त दिनेश छन्त्यालले जानकारी दिनुभयो।

उक्त दुर्घटनामा परी श्रीसको दाहिने आँखाको ज्योती गुमेको छ भने भाँचिएको खुट्टा र नाक अनि मुखको अप्रेशन भइसकेको र दाहिने हात अप्रेशन हुन बांकी रहेको आफन्तले बताएका छन। ईलाका प्रहरी कार्यालय रुद्रपुरमा भएको दुबै पक्षको छलफलमा माइक्रोवस चालकहरुले सवारी साधान चलाउदा तिव्र गतिलाई नियन्त्रण गर्नु पर्ने समेत सहमती भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img