काठमाडौं ।
टर्कीका भूकम्प पीडितका लागि नेपाल सरकारलेऔषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्री सहितको २२ टनभन्दा धेरै राहत सामग्रीको पहिलो ढुवानीमा आज पठाएको छ। गत ६ फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुनस्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले राहत सामग्री ढुवानी गर्नेका लागि सहयोग गर्ने तथा उदार सहयोगी सम्बन्धित सबै सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्थाहरू र टर्किस एयरलाइन्सलाई हार्दिक धन्यवाद दिएको छ।