spot_img
spot_img
spot_img

न्युजिल्याण्डमा बाढी र चक्रवातका कारण हजारौं मानिस प्रभावित, बिजुली र खानेपानीको आपूर्ति बन्द

spot_img

एजेन्सी ।
न्युजिल्याडमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौं मानिसको विचल्ली भएको छ । उत्तरी न्युजिल्याण्डमा चक्रवातले वितण्डा मच्चाउँदा बिजुली र खानेपानीको आपूर्ति बन्द भएको हो ।अभूतपूर्व वर्षासँगै आएको बाढी र चक्रवातले उत्तरी आइल्याण्डमा ब्यापक रूपमा क्षति पुर्याएको हो । उत्तरी क्षेत्रको सानो टापुमा मात्रै करिब २५ हजार मानिस अन्धकारमा बस्न बाध्य भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुखहरु ढलेर सडक अवरुद्ध भएका छन् । बाढी प्रभावित हुन सक्ने इलाकाहरुमा मानिसलाई अन्यत्र जान भनिएको छ । विद्यालयहरु केही दिनका लागि बन्द गरिएको छ । एयर न्युजिल्याण्डले प्यासिफिक आइल्याण्ड र तास्मनका उडानहरु रद्द गरेको छ । दक्षिणको ठूलो शहर अकल्याण्डमा पनि चक्रवातका कारण बिजुलीको आपूर्ति बन्द भएको छ । चक्रवात प्रभावित क्षेत्रका अधिकारीहरुले रेड अलर्ट जारी गर्दै आपत्काल घोषणा गरेका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले मौसमी सूचनाहरुलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img