काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै भत्किने दाबी गर्नुभएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले आज सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले फागुन १० भित्रै सत्ता गठबन्धन टुट्ने दाबी गर्नुभएको हो ।
पुस १० मा बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउने उल्लेख गर्दै उहाँले नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्ने बताउनुभयो । उहाँले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने जिकिर गर्नुभयो ।