spot_img
spot_img
spot_img

बीबीसीको भारतमा रहेका दुई वटा कार्यालयमा आयकर विभागको खानतलासी

spot_img

२ फागुन, एजेन्सी ।

भारतको आयकर विभागले बीबीसीको भारतमा रहेका कार्यालयहरूमा खानतलासी गरेको छ । बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डकुमेन्ट्री प्रसारण गरेको केही हप्तापछि बीबीसीका नयाँ दिल्ली र मुम्बईमा रहेका कार्यालयहरूमा खानतलासी भएको बीबीसीले जनाएको छ। त्यो डकुमेन्ट्री बेलायतको टेलिभिजनमा मात्र प्रसारण गरिएको भए पनि भारत सरकारले अनलाइनमार्फत मानिसहरूले शेयर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो । त्यो डकुमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिम विरोधी हिंसामा गुजरातका तत्कालीन मुख्यमन्त्री एवम् अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो ।

भारतको सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले बीबीसीलाई संसारको सबैभन्दा भ्रष्ट सङ्गठनको सङ्ज्ञा दिदै खानतलासीको काम कानुनसम्मत रहेको तर्क गर्नुभएको छ । विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मोदी सरकार आलोचनाबाट डराएको देखिएको प्रतिक्रिया दिनुभएको छ । बीबीसीले विज्ञप्ति निकालेर सरकारी अधिकारीहरूलाई पूर्ण सहयोग गरेको भन्दै यो अवस्थाको समाधान चाँडोभन्दा चाँडो निस्कियोस् भन्ने चाहेको बताएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img