एजेन्सी ।
अर्बपति एलन मस्कले च्यारिटीलाई २ अर्ब डलर बराबरको टेस्लाको सेयर दिएका छन् । मस्कले च्यारिटीलाई १.९५ बिलियन अमेरिकी डलर बराबरको सेयर दान दिएका हुन् । बेलायती समाचार संस्था बीबीसीका अनुसार मस्कले ११.६ कित्ता सेयर च्यारिटीलाई दान दिएका छन् । मस्कले यसअघि पनि च्यारिटीहरुलाई करोडौं डलर बराबरको सेयर दान दिँदै आएका थिए । यसअघि उनले ५.७ बिलियन डलरको सेयर २०२१ मा दान दिएका थिए । यद्यपि, उक्त रकम बराबरको सेयर पाउने च्यारिटीको नाम भने उल्लेख छैन । मस्कले सेयर दान दिने विषयमा अमेरिकी सेयर नियामक निकायले अगस्ट र सेप्टेम्बरमै जानकारी लिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??