नुवाकोट ।
नुवाकोटमा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । विदुर नगरपालिका–१२ मा भएको दुर्घटनामा तारकेश्वर गाउँपालिका–६ भमराका ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेको प्ररीले जनाएको छ।
दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुर–१२ चैनपुरको पिपलबोट भन्ने ठाउँमा दुर्घटना भएको नुवाकोटका प्रहरी प्रमुख रमेश पण्डितले जानकारी दिनुभएको छ ।