देवदह // श्री खड्ग माध्यमिक विद्यालयको हीरक महोत्सव- २०७९ को अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय सांस्कृतिकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिता श्री खड्ग मा. वि. बालक्लबको आयोजना र सोइया महिला स्वावलम्बी संस्थाको सहयोगमा सम्पन्न भएको हो। देवदह नगरपालिका क्षेत्रभित्रका १४ वटा विद्यालय सहभागी प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गदै नमुना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको हो। कुल ३०० पुर्णाङ्क २०४ अंक ल्याई नमुना एभरग्रीन प्रथम भएको हो।
प्रतियोगितमा २०० अंक प्राप्त गरेको देवदह बुद्ध पब्लिक आवसिय मा.वि दोस्रो, १८४ अंक ल्याई सेभेन स्टार आवासीय मावि तृतीय र १६७ अंक ल्याई ज्ञानज्योती मा.वि स्कुल सान्त्वना हुन सफल भएको छ। प्रतियोगितामा सहभागी विद्यालयले सांस्कृतिक कला झल्किने नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय अब्दुल रज्जाकले विद्यार्थीहरूको क्षमता अभिबृद्धिमा यस्तो कार्यक्रम निकै उपलब्धिमुलक हुने बताएका छन्। सोही कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा केसी, देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन जिसी लगाएतले बोल्दै विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा पनि प्रदान गर्नुपर्ने आवश्यक रहेको बताए।
सोहि अवसरमा श्री खड्ग माध्यमिक विद्यालयको बालक्लबका विद्यार्थीले नाटक मञ्चन समेत गरेका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद ७ हजार सहित ट्रफी र प्रमाणपत्र, दोश्रो हुनेले नगद ४ हाजर सहित ट्रफी र प्रमाणपत्र, तेश्रो हुनेले नगद ३ हजार सहित ट्रफी र प्रमाणपत्र र सान्त्वना हुनेले नगद २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छबिलाल अग्रहरीको अध्यक्षता, शिक्षक कमला शर्माको स्वागत र शिक्षक पुर्शोत्तम बश्यालको सञ्चालनमा भएको थियो। विद्यालयले हीरक महोत्सवको समापन समारो यहि फागुन ७ गते गर्ने विद्यालयका प्रधानाध्यापक बाबू बस्नेतले बताउनुभयो।