spot_img
spot_img
spot_img

हिमालयन गोल्ड कपको १४ औं संस्करण “कञ्चन कप २०७९” शुरु

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा हिमालयन गोल्ड कपको १४ औं संस्करणको रुपमा रहेको कञ्चन कप २०७९ आजबाट शुरु भएको छ। १५ दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विजेता हुने टिमले २ लाख २२ हजार २ सय २२ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन। यस्तै उपविजेता टिमले १ लाख ११ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने खेल संयोजक शंकर थापाले जानकारी दिनुभयो। प्रतियोगिताको उदघाटन गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले भौतिक बिकासले मात्र कुनै पनि समाजको समृद्धि नहुने भन्दै मानिसमा कुनैपनि कार्य प्रति सकारात्मक सोंचको बिकास गर्न आवस्यक रहेको बताउनुभयो।

भौतिक बिकासलाई दिगोपन बनाउन सभ्यताको बिकास गर्नु पर्नेमा जोड दिदै मानविय बिकासले मात्र भौतिक बिकासको अस्तित्व रहने कुरा उल्लेख गर्नुभयो। नेपालको राष्ट्रिय खेल दण्डिवियोको प्रचार प्रसार र प्रतियोगितामा पनि ध्यान दिन सके देशको पहिचान र गरिमा बढ्ने बताउदै अध्यक्ष ढकालले कुनै पनि प्रतियोगितालाई हार र जितमा मात्र नहेरी आपसी एकता र सहकार्यको भावनात्मक सम्बन्ध कायम गर्ने साधनको रुपमा उपयोग गर्नु पर्नेमा बिशेष जोड दिनुभयो। खेलाडी तथा दर्शकहरुलाई विशेष सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलकुदबाट देश र बिदेशमा आफ्नो फरक पहिचान बनाउनु पर्नेमा जोड दिनुभयो। स्वास्थ्यका लागि खेल्दै गर्दा उक्त खेलकुदले देशको पहिचान र परिचयमा पनि महत्वपुर्ण इटा थपिदै जाने उपाध्यक्ष थापा मगरले उल्लेख गर्नुभयो। खेलकुदलाई उत्पादनसंग जोड्न सकेमात्र खेलाडीहरु पनि आत्म निर्भर बन्दै जाने र खेलकुदबाट निरास हुनुपर्ने अवस्था नआउने उपाध्यक्ष थापा मगरले बताउनुभयो।

कार्यपालिका सदस्य तथा गाउँपालिकाका प्रवक्ता चित्र तुलाचनले खेलकुदका हरेक प्रतियोगितालाई पर्यटनसंग पनि जोड्नु पर्ने उल्लेख गर्दै फुटवल प्रतियोगितामा सहभागिता जनाउन आएका क्लव,खेलाडी र संघसंस्थाहरुले कञ्चनमा भएका पर्यटकिय क्षेत्रहरुको समेत भ्रमण गर्न आग्रह गर्नु भयो। खेल खेल्न आएपनि कञ्चनमा आउदा कञ्चनको शिक्षा, स्वास्थ्य, भौतिक बिकास तथा बिभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकन भ्रमण गरी एक आपसमा अनुभव साटासाट गर्नु पर्नेमा प्रवक्ता तुलाचनले जोड दिनुभयो। यस्तै वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चन गाउँपालिका खेलकुद र कलाको हव भएको उल्लेख गर्नु भयो। कञ्चनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी र कलाकारहरुको जन्म भएको भएको बताउदै वडा अध्यक्ष खत्रीले स्थानीय तहबाट ती प्रतिभाहरुको सम्मान गर्नु पर्नेमा जोड दिनुभयो।
विपि स्मृति भैरव एफ।सी। र कञ्चन ११ बिच भएको उद्घाटन खेलमा विपि स्मृति भैरव एफसी नवलपरासी विजयी भएको छ।

निर्धारित समयसम्मको प्रतिस्पर्धामा दुबै टिमबाट कुनै गोल नभई बराबरी भएको प्रतियोगिता ट्राइब्रेकरमा टुङ्गिएको हो। ट्राइब्रेकरमा विपि स्मृति भैरव एफसी नवलपरासीले कञ्चन ११ लाई ५-४ गोल अन्तरले पराजित गरेको हो। हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताका लागि कञ्चन गाउपालिकाको समेत आर्थिक सहयोग पप्रदान गरेको छ । केन्द्रका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रममा केन्द्रका सल्लाहकार रविन्द्र सुवेदीले स्वागत गर्नुभएको थियो भने युवराज गुरुङ्गले सञ्चालन गर्नुभएको थियो। प्रतियोगिता हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदान दियोमा भइरहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img