spot_img
spot_img
spot_img

“कञ्चन कप २०७९” को दोश्रोको खेलमा डि.एम.सी तुल्सीपुर विजयी

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा सञ्चालन भएको कञ्चन गाउँपालिकाकै प्रतिस्थित खेल कञ्चन कप २०७९ को दोश्रो दिनको खेलमा डि.एम.सी तुल्सीपुर विजयी भएको छ। डि.एम.सी ले सौभाग्य एफ.सी.लाई ३ १ गोल अन्तरले पराजित गरी दोश्रो चरणखेलको यात्रा तय गरेको हो। हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देहीको आयोजनामा दियो खेलमैदानमा सौभाग्य एफ।सी रुपन्देही र डि.एम.सी तुल्सीपुरबिच शनिवार भएको प्रतिस्पर्धामा डि.एम.सी.का लागि रोहित सुनारले २ र मिसन दर्लामीले १ गोल गरेका थिए। यसैगरी सौभाग्यका लागि मिलन आलेले १ गोल गरेको खेल संयोजक शंकर काउचाले जानकारी दिनु भएको छ।
डि।एम।सी।का रोहित सुनार म्यान अफ द म्याच भएका छन। कञ्चन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले म्यान अफ द म्याच रोहित सुनारलाई शिल्ड तथा पुरस्कार दिनु भएको थियो। भोली देवदह वोइज रुपन्देही र फर्साटिकर एफ.सी रुपन्देही बिच प्रतिस्पर्धा हुने हिमालय सामुदायिक बिकास केन्द्रका खेल संयोजक शंकर काउचाले जानकारी दिनु भएको छ। हिमालय गोल्ड कपको १४ औं संस्करणको रुपमा रहेको कञ्चन कप फागुन २० गते सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २२२ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने हिमालय सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रकाश थापाले जानकारी दिनु भएको छ। हरेक दिन २ बजे देखि शुरु हुने प्रतियोगिताका लागि कञ्चन गाउँपालिकाले आर्थिक सहयोग रहेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img