spot_img
spot_img
spot_img

नेपाली सेनाद्धारा एकैपटक ५ सय ५५ वटा मादल बजाएर विश्व कीर्तिमान

spot_img

६ फागुन, काठमाडौँ ।

एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिकता बोकेको वाद्यवादन तर्फको मादल बजाएर नेपाली सेनाले विश्व कीर्तिमान कायम गरेको छ । आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गर्नुभएको हो।

सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते पाँच सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गर्नुभयो । गिनिजबुक अफ वर्ल्ड रेकर्डस् संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img