spot_img
spot_img
spot_img

बाँकेमा गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

spot_img

बाँके ।

बाँकेमा संयुक्त बजार अनुगमन समितिले दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरणमा रोक लगाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको जानकारी दिनुभएको छ । पछिल्लोे समय ग्यास पड्किएका घटनाहरु बढी मात्रामा सार्वजनिक हुन थालेपछि यसप्रती सबैलाई सतर्क बनाउन बन्दै बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको हो ।

म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० सिलिण्डर र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । यसैगरि भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार सिलिण्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय सिलिण्डर बिक्री वितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img