spot_img
spot_img
spot_img

नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन बन्द हुने

spot_img

नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि थप १५ दिन बन्द हुने भएको छ। चिसेन्जी र तुइनखोलामा पुल बनाउनका लागि पहरो फुटाउननारायणगढ–मुग्लिन सडक आयोजनाले गत पुस ५ गतेदेखि दिउँसोको समयमा यातायात बन्द गर्दै आएको छ। गत गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक दैनिक ४ घण्टा सडक बन्द गरेर पहरिो फोड्ने काम गरेपनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागेको सडक आयोजनाका प्रमुख ईन्जिनियर किरण कार्कीले जानकारी दिनुभएको छ ।

चालु आर्थिक वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आएलगत्तै बनेका पुलहरु सञ्चालन गर्ने योजनामा आयोजना छ। पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद छ। यो सडकखण्डमा पुल बनाउने जिम्मा अनक कन्स्‍ट्रक्सनले पाएको हो। मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर २०७६ चैत्र १० मा सम्झौता भएको थियो।
प्याकेज–१ का पुल निर्माण गर्न ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज-२ का पुल निर्माण गर्न ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img