कञ्चन ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा आजबाट पाचौं राष्ट्रपति रनङ्गि शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्धघाटन रुपन्देही क्षेत्र नं. ५ का प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले गर्नुभयो। प्रतियोगिताको उद्धघाटन गर्दै प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले बिधार्थीहरुको शैक्षिक, शारिरिक, मानसिक तथा बौद्धिक विकासका लागि स्वास्थ्य अनिवार्य हुने बताउनुभयो। स्वस्थ जिवनका लागि खेलकुद अनिवार्य रहने बताउदै विद्यालय तहबाटै विधार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गराई शैक्षिक तथा बौद्धिक बिकास गर्न सकिने प्रतिनीधि सभा सदस्य घिमिरेले बताउनु भयो। सम्बोधनको क्रममा फरक प्रसंगमा समसामयिक धारणा व्यक्त गर्दै रुपन्देहीलाई स्वच्छन्दता कायम गर्न जिल्लाका सबै स्थानीय तहहरुसंगको सहकार्य र समन्वयमा फोहोर व्यबस्थापन गर्नमा जोड दिइने बताउनुभएको छ।
रुपन्देही क्षेत्र नं ५ का समग्र विकासलाई योजनाबद्ध रुपमा सञ्चालन गर्न मार्गचित्र निर्माणलाई प्राथमिकता दिइरहेको बताउदै प्रतिनीधि सभा सदस्य घिमिरेले आफुलाई बिशवास गरेर दिएको जनमतको अवमुल्यन हुन नदिने बताउनु भयो। कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५ (क) लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बिधार्थीहरुको सर्वाङ्गिण बिकासका लागि खेलकुद अनिवार्य रहने बताउनु भयो। कञ्चन गाउँपालिका आफैमा खेलकुद र कला र संगितको हव भएको बताउदै प्रदेश सभा सदस्य ढकालले कञ्चनको समग्र बिकासका लागि प्रदेश र संघसंगको पनाकासमन्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धत जनाउनु भयो। कञ्चन गाउापालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई उजागार गराउने उद्धेश्यका साथ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई प्रतिभा सप्ताहको रुपमा सञ्चालन गर्ने परिकल्पना गरिएको बताउनुभयो।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं। ५ का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, तत्कालिन रुद्रपुर गा।वि।सका भुतपुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेल, नेकपा एमालेका दिनानाथ आचार्य, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा हरैया बहुमखी क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष चुडामणी शर्मा, रुद्रपुर माद्ययमिक बिद्यालयका प्रधानाध्यापक पिताम्बर भट्टराई, गजेडी माद्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज गुरुङ्गले शुभकामना मन्तव्य ब्यक्त गर्दै बिधार्थीहरुको सर्वाङ्गिण बिकासका लागि खेलकुद अपरिहार्य रहेको बताउदै साहित्य बिधामा पनि प्रतिस्पर्धा गराइएको भए द्यिार्थीहरुको प्रतिभा खोजीमा अझ प्रभावकारी हुने बताउनुभयो।
कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले उद्धघाटन सत्रको अध्यक्षता गर्दै कञ्चनलाई सवल र समृद्ध बनाउन तिनै तहका जनप्रतिनीहिरुको सहकार्य र समन्वयमा योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गरिदै जाने बताउनुभयो। चुनाबको समयमा कुनै पार्टीको उमेद्वार भएको भएपनि आफु निर्वाचित भएपछि ३५ हजार भन्दा बढी कञ्चनवासीको साझा जनप्रतिनी भएको अध्यक्ष ढकालले बताउनुभयो। कञ्चन गाँउपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश भषालको सञ्चानलमा भएको कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले स्वागत गर्नु भएको थियो। रुद्रपुर माध्यमिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा १९ सामुदायिक र ११ संस्थागत बिद्यालयका करिब १ हजार भन्दा बढी विधार्थीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन।