७ फागुन, गुल्मी ।
गुल्मीमा आगोमा जलेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तीचौरकी ८३ वर्षीया पवित्रा खत्रीको उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बस्दा ज्यानमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको हो । घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??