spot_img
spot_img
spot_img

आजको कञ्चन कपमा गोर्खा व्वाईज फराकिलो गोल अन्तरले विजयी

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकामा फागुन ५ गते देखि जारी कञ्चन कप अन्तर्गत गोर्खा व्वाईज र कपिलवस्तु ११ बिच भएको पहिलो चरणको खेलमा गोर्खा व्वाईज ६१ गोल अन्तरले विजयी भएको हो । चौथो दिन भएको उक्त खेलमा गोर्दा व्वाईजका सुवास बमले खेलको १९ औं मिनेटमा पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। यसैगरी कपिलवस्तु ११ का निरज थारुले खेलको २८औं मिनेटमा जवाफी गोल गरेर खेललाई बराबरी बनाएका थिए।
खेलको पहलो हाफसम्म दुबै टिमको प्रस्पिर्धात्मक खेलका बावजुद दुबै टिमबाट आफ्ना टिमका लागि दोश्रो गोल हुन नसकेपछि ११ को बराबरी गोलमा समाप्ती भएको थियो ।

मध्यान्तर पछिको दोश्रो हाफको खेल शुरु भएदेखी नै गोर्खा व्वाईज निकै आक्रामक रुपमा प्रस्तुत भएपछि कपिलवस्तु ११ का खेलाडीहरु निकै कमजोर बन्न पुगे। कपिलवस्तु ११ का खेलाडीहरु शिथिल भएको मौकालाई भरपुर सदुपयोग गरी गोर्खा वोइजले लगातार थप ५ गोल गर्न सफल भयो। अन्ततः ६१ गोल अन्तरले गोर्खा बोइज विजयी हुन सफल भयो। गोर्खा वोइजका लागि हाफ टाइम पछिको ४६ औं मिनेटमा सुवास बमले पुनः दोेश्रो गरे पछि टिमलाई दोव्वर अंकमा पुराएका थिए। लगातार खेलको ५१औं मिनेटमा विनोद केसीले, ५७ औं मिनेटमा शिव भोटेले ६५औं मिनेटमा र पुनः सुवास बमले अर्को तेश्रो गोल ह्याट्रिक गर्न सफल भएसंगै टिमलाई ५१ गोल अन्तर बनाएर टिमलाई अग्रता दिलाएका थिए।

यस्तै ८० औं मिनेटमा सुवास बमले नै पुनः थप १ गोलगरी ६१ गोल अन्तरका साथ आफ्नो टिमलाई विजयको नजिक पुराएका थिए। आजको खेलमा ४ गोल गरी गोर्खा बोइजका सुवास बम म्यान अफ म्याच बनेका थिए। कञ्चन गाउपालिकाको सहयोगमा जारी पाचौं दिनको खेल केबिए ग्लोवल भरतपुर भरतपुर एफसी र विपि स्मृति भैरब एफसी बिच प्रतिस्पर्धा हुने खेल संयोजक मेघराज काउचाले जानकारी दिनु भएको छ। हिमालय गोल्ड कपको १४ औं संस्करणको फुटवल प्रतियोगिताको रुपमा सञ्चालित कञ्चन कप २०७९ मा देशभरका १२ उत्कृष्ट फुटवल टिमहरुले सहभागिता जनाएका छ। हो।

कञ्चन गाँउपालिकाकै प्रतिस्ठित फुटवल प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा कञ्चन कपको उपाधी हात पार्ने टिमले २ लाख २२ हजार २२२ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले १ लाख ११ हजार १११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने खेल संयोजक मेघराज काउचाले जानकारी दिनु भएको छ। प्रतियोगिता यही फागुन २० गतेसम्म सञ्चालन हुने छ। प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागि चिट्ठाको आधारमा कुखुराको भाले समेत पुरस्कार स्वरुप दैनिक रुपमा प्रदान गरिदै आएको आयोजकले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img