रुपन्देही ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले शंकरनगर क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ४८ ओभरको खेलमा २४.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २३ रनको सामान्य योगफल बनाएको हो ।
प्रतिउत्तरमा १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको शंकरनगर २४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रनमै समेटिई हार व्यहोरेको हो। खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेका छन । चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।