spot_img
spot_img
spot_img

देवदहमा १ महिने अवधीको एसी फ्रिज मर्मत तालिम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदहमा १ महिने अवधीको एसी फ्रिज मर्मत तालिम सम्पन्न भएको छ। देवदह खैरेनी स्थित देवदह व्यापार संघको सभाहलमा देवदह नगरपालिका वडा नं ५ को कार्यालय र एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सी प्रा.लि को सहकार्यमा युवा तथा महिला उद्यमशिलता कार्यक्रम अन्तर्गत निशुल्क संचालित १ महिने अवधीको ए.सी फ्रीज मर्मत तालिम सम्पन्न भएको हो।

एसी फ्रिज मर्मत तालिम समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य डा.कृष्ण न्यौपानेले सीपमूलक तालिम प्राप्त गर्ने कुरा अत्यन्त महत्त्वपूर्ण अवसर भएकाले सिकेको सीपलाई व्यवहारमा उतार्न र व्यवसायीक बन्न सुझाव दिनुभएको थियो। उहाले सिप भएको मानिस जहाँ पनी बिक्न सक्ने भन्दै सिप मुलक शिक्षामा जोड दिएमा मात्रै देश समृद्ध हुने बताउनुभयो।

कार्यक्रममा देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, समाजसेवी दुर्गा बस्याल लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो।

तालिममा १७ जना युवाहरुलाई १५० घण्टे निशुल्क एसी फ्रिज मर्मत तालिम प्रदान गरिएको थियो। सोही अवसरमा बोल्दै सहभागीको तर्फबाट आत्म राम पाण्डे, राजु चापागाईं र भक्त बहादुर जर्घाले तालिम उपलब्धीमुलक भएको र सहभागी भएर आत्मनिर्भर बन्न सहज हुने बताए। तालिम अवधिभर प्रशिक्षक लाल बहादुर घर्ती मगरले प्रशिक्षण दिनुभएको थियो।

समापन कार्यक्रममा देवदह नगरपालिकाको नगर शिक्षा समिति सदस्य चक्रपाणी तिवारी, देवदह नगरपालिका वडा नं ५ का वडा सदस्यहरु होमनाथ भट्टराई, बिमला देवी दर्लामी, संगिता बि.क, सावित्रा पौडेल, वडा सचिब प्रदिप प्रसाद गौतम, समाजसेवी चक्रपाणी न्यौपाने लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको अध्यक्षता, वडा सदस्य संगिता बि.क को स्वागत र अरुण अर्यालको सञ्चालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img