काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दावी गर्नुभएको छ । आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दावी गर्नुभएको हो । उहाँले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताउनुभयो। पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका बिषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गर्नुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??