spot_img
spot_img
spot_img

टोयोटा र होन्डाद्वारा कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा

spot_img

एजेन्सी ।

जापानी मोटर कम्पनी टोयोटा र होन्डाले जापानमा आफ्ना कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरेको छ । यो विगत केही दशकयताकै सबैभन्दा ठुलो तलब वृद्धि हुनेछ । विश्वको तेस्रो ठुलो अर्थतन्त्रमा मूल्यवृद्धिलाई ध्यानमा राख्दै तलब वृद्धि घोषणा गर्ने कम्पनीको सूचीमा टोयोटा र होन्डा पनि परेका छन् । आधिकारिक तथ्याङ्क अनुसार जापानमा मुद्रास्फीति विगत ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । यसले कम्पनी र त्यहाँको सरकारमा जनताको मद्दतका लागि दबाब बढेको छ ।

जनताको कम हुँदै गएको व्यय क्षमतालाई सम्हाल्नका लागि यस्तो दबाब दिइएको हो । जापानमा प्रत्येक वर्ष, कम्पनीहरूले सामान्यतया तलब वृद्धिको घोषणा गर्नु अघि कर्मचारी युनियनहरूसँग वार्ता गर्छन्, र यो काम प्रायः मार्च १५ को आसपास गरिन्छ । तर, यस पटक कम्पनीहरूले समय अगावै तलब वृद्धि घोषणा गरिरहेका छन् । यद्यपि, यी कार निर्माताहरूले अहिलेसम्म यो वर्षको घोषणा किन समयभन्दा अगाडि गरिएको हो भन्ने जानकारी दिएका छैनन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img