spot_img
spot_img
spot_img

यात्रा प्रतिबन्ध हटेसँगै युरोपेली देशमा शरणका लागि दश लाख जनाको आवेदन

spot_img

एजेन्सी ।

कोरोना महामारीका कारण लागू गरिएको यात्रा प्रतिबन्ध हटेपछि युरोपेली देशमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ। यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च सङ्ख्या हो । शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका लागि आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गएको वर्षको अन्त्यतिर कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा दश लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन दिएका शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। त्यस्तै टर्कीए, भेनेजुएला, कोलम्बिया, पाकिस्तान, बङ्लादेश र जर्जियाका आप्रवासीको आवेदन पनि उच्च सङ्ख्यामा छ। रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम रहेको छ। युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले शरणका लागि निवेदन गरेका खबरमा उल्लेख छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img