काठमाण्डौ ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा आज बिहीबार स्वीकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डीआईजी सिंहको राजीनामा स्वीकृत गर्नुभएको गृह सचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो। सिंहले हिजो बुधवार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाउनुभएको थियो। राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाएको छ।
राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि सिंहले पदबाट राजीनामा दिनुभएको हो। यस विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।