काठमाण्डौ ।
आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटको खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल सहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इडेन गार्डेन्समा सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल, सिङ्गापुर, मलेसिया, हङकङ, कुवेत र यूएई रहेका छन। यो प्रतियोगिता लिगको आधारमा हुनेछ। शीर्ष स्थानमा रहने टोलीले सन २०२४ मा श्रीलङ्कामा हुने विश्व कप खेल्न पाउनेछ। आज पहिलो खेल सिङ्गापुरसँग खेल्ने नेपाली टोलीले भोलि शनिवार कुवेतसँग, फागुन १५ गते हङकङसँग, १६ गते मलेसियासँग र अन्तिम खेल फागुन १८ गते यूएईसँग खेल्नेछ ।