काठमाण्डौ ।
भोलि शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयन लगायत विषयमा छलफल हुने छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। यही फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावका लागि भोलि नै उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??