काठमाण्डौ ।
यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ९६ रनले हराउदै जित हासिल गरेको छ । नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमा समेटिएको थियो । त्यसअघि इडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो ।
प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने नेपालले सोमवार हङकङसँग तेस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल मङ्गलवार र बिहीवार घरेलु टोलीसँग खेल्नेछ ।