spot_img
spot_img
spot_img

कञ्चनमा गर्भवती महिलालाई आयोडिन नुन र साबुन वितरण

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा फेब्रुअरी महिना, आयोडिन महिना कार्यक्रम अन्तर्गत अवसरमा गर्भवती महिलाहरुलाई आयोडिन नुन र सरसफाई प्रबद्र्धनका लागि आयोडिन नुन र सावुन वितरण गरिएको छ। आ।व। २०७९र०८० मा स्वास्थ्य चौकीमा गर्भवती जाँच गर्न आएका महिलाहरुको गर्भवतीको ब्ल्ऋ जाँचलाई प्रभावकारी र पहुँच युक्त बनाउन कन्चन गाउँ पालिकाले सो कार्यक्रम गरेको हो। कञ्चन गाउपालिकाले आव ०७९र०८० मा गर्भरहेको चौथो महिना र आठौं महिनामा गर्भ जाँचको लागि पालिकाभित्रको स्वास्थ्यचौकीमा आएका गर्भवती आमालाई १ केजि नुन र सरसफाइ प्रवर्द्धनको लागि साबुन बितरण गर्ने कार्यक्रमको शुक्रबार शुभारम्भ गरेको हो। गजेडी स्वास्थ चौकीमा आयोजित ूफेब्रुअरी महिना आयोडिन माहिनाूको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्भवती महिलाहरुको स्वास्थ्यमा घर परिवार बढी जिम्मेवार हुनु पर्नेमा उल्लेख गर्नु भयो। गर्भ धारण पछि हरेक आमाहरुको समय समयमा निमियत स्वास्थ्य जाँच गराउनमा श्रीमान बढी सवेंदनशिल हुनु पर्नेमा जोड दिदै गाउँपालिका भित्र रहेका हरेक स्वास्थ्य चौकीहरुमा गएर आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे जाँच गराउन आग्रह गर्नुभयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले आफ्नो गर्भमा रहेको सन्तानको गर्भधान नभएसम्म गर्भवती आमाहरुको जिवन जिवन र मृत्युको दोसाँधमा रहने उल्लेख गर्दै गर्भवती अवस्थामा घरका हरेक सदस्यले निमित रुपमा अभिभाकत्व गरी नियमित स्वास्थ्य जाँच गर्नमा बढी सम्वेदनशिल हुनुपर्नेमा जोड दिनु भयो। गर्भवती अवस्थामा बिभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने भएकोले सरसफाइमा बढी ध्ययान दिन समेत उपाध्यक्ष थापा मगरले आग्रह गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक बिकास शाखा संयोजक चित्र तुलाचनले गाउपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा उपलब्ध श्रोत साधनहरुको अधिक्तम उपयोग गरी गर्भवती आमाहरुको स्वास्थ्य जाँमा प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै आमाहरुको रक्षा गर्नु गाउँपालिकाको समेत दायित्व भएको कुरा उल्लेख गर्नु भयो। वडा नं। २ का वडा अध्यक्ष टेक बहादुर गुरुङको अध्यक्षता गजेडी स्वास्थ्य चौकीका इन्चार्ज गिताराम रिजालको सञ्चालनमा समपन्न कार्यक्रममा भएको कायर्यक्रममा स्वास्थ शाखा प्रमुख राम प्रसाद गौतमले फेब्रुअरी महिना, आयोडिन महिना कार्यक्रमको सान्दर्भिकता र आवस्यकताबारे बताउदै गर्भवती आमाका लागि आयोडिन नुनको महत्व र सरसफाईको आवस्यकताबारे प्रकाश पार्नुभएको थियो। कञ्चन गाउँपालिकामा चालु आवमा गर्भवतीको महिलाहरुको संख्या ८१६ रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img