spot_img
spot_img
spot_img

मंगोल नेश्नल अर्गानाइजेशन कञ्चन सभाको प्रथम अधिवेशन सम्पन्न

spot_img

कञ्चन ।

गोपाल गुरुङ्ग नेतृत्वको मंगोल नेश्नल अर्गानाइजेशन कञ्चन सभाको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले तुलाराम सिंजालीको अध्यक्षतामा १६ सदस्यिस कञ्चन गाउँसभा गठन गरेको छ। यस्तै अधिवेशनबाट सचिवमा सपना राना, कोषाध्यक्षमा गोपाल पुन र सह सचिवमा लाल बहादुर श्रीस निर्वाचित भएका छन। यसैगरी गाउँसभाको बरिस्ठ सदस्यमा लोक बहादुर राना र सदस्यमा प्रेम श्रीस, ओम बहादुर श्रीस, खिम बहादुर सारु, प्रमिला श्रीस, रुद्रमान राना, तुल बहादुर रोका, दल बहादुर घर्ति, चेत बहादुर पुन, कृष्ण कुमारी थापा, लक्ष्मी बलामी र पार्वती सुनार निर्वाचित भएका छन। सृजना प्राविधिक आमा समूहको सभाहलमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्दै मंगोल नेशनल अर्गानाइजेशन केन्द्रिय सभाका केन्द्रिय सदस्य केशु रासकोटीले मंगोलहरु कुनै आदीवासी जनजाती नभई मूलवासी र भुमिपुत्र भएको उल्लेख गर्नुभयो। ८० प्रतिशत मुलवासीलाई २० प्रतिशत हिन्दुवादी खस आर्यहरुले आरक्षणको नाममा मुलवासीको अधिकार अपहरण गरेको केन्द्रिय सदस्य रासकोटीले आरोप लगाउनु भयो। अव मुलवासीहरुको गुमेको अधिकारलाई हिन्दुवासी खस आर्यहरुको पञ्जाबाट खोस्न बैचारिक रुपमा संघर्ष गर्नुपर्ने र उक्र संघर्षमा सम्पुर्ण मंगोलहरु एक हुनुको विकल्प नभएको केन्द्रिय सदस्य रासकोटीले बताउनुभयो।

यस्तै अर्का केन्द्रिय सदस्य राज बहादुर छन्त्यालले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसवादी दलहरुले भुमिपुत्रको रुपमा रहेका मंगोलहरुको अधिकारलाई आरक्षण रुपी मन्दविषले बिस्तारै मृत्युको शैयामा पुर्याइरहेको उल्लेख गर्नु भयो। अवको संघर्ष मंगोलहरुलाई आफ्नो हक अधिकारबारे सचेत बनाउदै जागरुक बनाउन मंगोल नेशनल अर्गानाइजेशनमा आवद्ध हुन आवस्यक रहेको केन्द्रिय सदस्य छन्त्यालले बताउनुभयो। कार्यक्रममा केन्द्रिय सदस्य बुधमाया थापा, लुम्बिनी प्रान्तीय सचिव केशरी थापा, लुम्बिनी प्रान्तीय बरिस्ठ सदस्य जनक मिधुन, मंगोल नेशनल अर्गानाइजेशन रुपन्देही जिल्ला सम्मेलन तयारी समितिका संयोजक प्रेम अदै मगर,लुम्बिनी प्रान्तीय प्रचार प्रसार सचिव सुदिप थापा मगर लगायत वक्ताहरुले भुमीपुत्रका रुपमा रहेका मंगोलहरुको पहिचान कुनै आदीवासी तथा जनजाती नभई भुमीपुत्र तथा मुलवासी भएको जिकिर गर्नुभयो।

अव हरेक मंगोलहरुले आरक्षणका लागि नभई राज्यको हरेक अंगहरुमा खुल्ला रुपमा प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिनु भयो। फरक फरक दलमा बिभाजन गरेर मंगोलहरुलाई एक हुन नदिएको कुरा मंगोलहरुले समयमै बुझ्ने बिश्वास ब्यक्त गर्दै वक्ताहरुले आफ्नो खोसिएको सत्ता र अधिकार प्राप्तीका लागि राजनैतिक संघर्षमा एक हुन आग्रह गर्नुभयो। मंगोल नेश्नल अर्गानाइजेशन कञ्चन गाउसभाका अध्यक्ष तुलाराम सिंजालीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा प्रमिला श्रीसले स्वागत गर्नु भएको थियो भने बरिस्ठ सदस्य लोक बहादुर रानाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। कार्यक्रम

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img