बुटवल ।
रुपन्देहीका पत्रकार मनोज हिताङ्गको सडक दुर्घटनामा मृत्यु भएको छ । गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हिताङको मृत्युु भएको हो । बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हिताङ सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको यात्रु बाहक बस गएराती करिव सवा ११ बजे बसपार्क नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाईते भएका हिताङको बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका उपचारकै क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हिताङ पछिल्लो समय एनएनटिभीको लुम्विनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हिताङ करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए । उनका बुवा,एक श्रीमती २ भाई रहेका छन् ।