अर्घाखाँची ।
मगर समुदायको बाहुल्यता रहेको अर्घाखाँचीको शितगंगा नगरपालिकाले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । भोलि फागुन १५ गते ४१औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी गराउनुभयो। विदाका दिन नगरभित्रका सार्वजनिक निकाय, सङ्घ–संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने नगरपालिकाले एक सूचना जारी गरी जानकारी गराएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??