spot_img
spot_img
spot_img

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन बैशाखमा

spot_img

अर्घाखाँची। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाचौँ जिल्ला सम्मेलन आगामी बैशाखमा हुने भएको छ । बैशाख ८ र ९ गते हुने सम्मेलनको उद्धाटन केन्द्रिय अध्यक्ष चित्रबहादुर के.सी.ले गर्ने आइतबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिईयो।

जिल्लामा ब्याप्त अनियमितता र भ्रष्टाचारको बिरुद्धमा उचित पहलकदमी नभएको,तिब्र वातावरणिय असन्तुलनले जिल्लाकाप्राकृतिक,पर्यटकिय,धार्मिक,ऐतिहाँसिक र सांस्कृतिक क्षेत्रमा ठूलो समस्या देखा परेको,विकास निर्माणका काम पार्दर्शी र गुणस्तर बन्न नसकेको जसको निराकरणको निम्ती प्रभावकारी अनुगमन नभएको अवस्थामा जिल्लावासी र सरोकारवालाको ध्यानाकर्षण गराउन समेत यो सम्मेलन गर्न थालेको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन के.सी.ले बताउनुभएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष के.सी.ले जिल्ला सम्मेलनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति बनाइएर जिम्मेवारि दिइएको जानकारी दिनुभएको छ । जसमा अध्यक्ष थम्मन के.सी.को संयोजकत्वमा मुल व्यवस्थापन समिति, अध्यक्ष के.सी.कै संयोजकत्वमा १ सय १५ सदस्यिय सम्मेलन तयारी समिति, सचिव बाबुराम पन्थीको संयोजकत्वमा १ सय ५५ सदस्यिय प्रचार–प्रसार समिति बनाएको छ । यि समिति र जिल्ला समितिका सबै पदाधिकारीको सक्रियतामा फागुन १८ गते सम्म पालिका बैठक,फागुन मसान्त सम्म वार्ड बैठक,चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका र वार्डका भेला तथा सम्मेलन सम्पन्न गर्ने गरि जिम्मेवारी प्रदान गरिएको अध्यक्ष के.सी.को भनाई छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img