spot_img
spot_img
spot_img

लमही नगरको बाह्रौ नगरसभा सम्पन्न, पालिकाको ‘प्रतीक चिन्ह’ सार्बजनिक

spot_img

टेकबहादुर पुन,दाङ । लमही नगरपालिकाको बाह्रौ नगरसभा सम्पन्न भएको छ ।

लमही नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सोमबार नगरसभा भएको हो ।
नगरपालिकाले नगरसभा पश्चात् पत्रकार सम्मेलन गरी चालू आर्थिक बर्ष २०७९/०८० का लागि कुल १ अर्ब २४ करोड ६१ लाख ९८ हजार रकम संशोधन गरि कायम गरिएको जनाएको छ ।

यो भन्दा अघि पालिकाले कुल १ अर्ब ४० करोड २१ लाख १८ हजार रकम स्वीकृत गरेको थियो ।पालिकाले प्रक्षेपण गरेको आन्तरिक आय खस्किएको हो । ३३ करोड ८० लाख प्रक्षेपण गरिएकोमा प्रक्षिपित आय संकलन हुन नसक्ने भएपछि संशोधन गरि १८ करोड २० लाख ८० हजार मात्र कायम गरिएको छ । प्रक्षिपित रकमबाट १५ करोड ५९ लाख २० हजार आय संकलन हुन नसक्ने अबस्था देखिएकाले कुल स्वीकृत बजेटलाई संशोधन गरिएको लमही नगरका प्रबक्ता मोहन गिरीले बताए ।

नगरसभामा संशोधित बजेट बक्तब्य ब्यक्त गर्दै उपप्रमुख लक्ष्मी योगीले माघ मसान्त सम्म ६९ करोड ७० लाख ८ हजार ७ सय ७० रूपैया आय र २६ करोड २१ लाख ६३ हजार ९ सय ११ को ब्यय रकम प्रस्तुत गरिन । हाल सम्म आय रकमबाट ४३ करोड ४८ लाख ४४ हजार ८ सय ५९ रकम मौज्दात रहेको छ।

नगरपालिकाले माघ मसान्त सम्म १७ प्रतिसत भौतिक प्रगती र ६ प्रतिसत बित्तिय प्रगती भएको जनाएको छ । नगरसभाले पालिकाको प्रतीक चिन्ह (लोगो) सार्बजनिक पनि गरेको छ ।
चिन्हको बिचमा खरायो (लम्हा) को चित्र अंकित गरिएको छ । बिगतमा यस क्षेत्रमा बढि खरायो पाईने भएको र चौधरी भाषामा लम्हा भनिने भएकाले लम्हाबाट लमही भनेर चिनाउन खोजिएको हो । यसक्षेत्र चौधरीको बाहुल्यता भएकाले चौधरीका धर्म सँस्कृतीलाई झल्काउदै ढकिया, खरुवा लगायतका चित्र अंकित गरिएको छ । खेतियोग्य जमिन, ताल तलैया, पहाड, महेन्द्र राजमार्ग, पालिकाको नक्सा, हरिया बनजँगल लगायतलाई चिनाउन खोजिएको छ ।

नगरसभाले पालिकाबाट ४ वटा बिधेयक पनि पास गरेको छ । वन क्षेत्रलाई ब्यबस्थापन गर्न बनेको स्थानिय वन बिधेयक २०७९, स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण बिधेयक २०७९, संथा दर्ता तथा नबिकरण बिधेयक २०७९ र पालिकाको बरघर प्रणाली सम्बन्धी बनेको बिधेयकलाई पास गराउँदै नगर सभा सम्पन्न गरिएको प्रबक्ता मोहन गिरीले जानकारी दिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img